२ वैशाख, काठमाडौँ । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले फरार रहेका ४ जनालाई नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखा टेकुका अनुसार पक्राउ पर्ने ४ जनामा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहोरा रहेका छन् ।
वनमा घाँस काट्न गएका महिलाले रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा उनको शव फेला परेपछि प्रहरीलाइ खबर गरेका थिए ।
गत वर्ष पुस २ गते घरबाट निस्केका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रातिसम्म घर नफर्किपछि परिवारले उनको खोजी सुरू गरेको थियो ।






