६ वैशाख, काठमाडौँ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बझाङको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो ।
भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्ला दार्चुला, बझाङसम्म पुगेको थियो ।







