किसानमाथि घात : तरकारी नष्ट

१९ जेठ, अर्घाखाची । छिमेकि देश भारतबाट निर्बाध रुपमा तरकारी नेपालमा भित्रिरहदा यता भने कपिलपस्तु जिल्लाबाट अर्घाखाचीमा लगिएको एक गाडी तरकारी सन्धिखर्कको फोहोर फाल्ने ड्म्पिङग साईटमा फ्याकिएको छ।

सन्धिखर्कमा तरकारी तथा फलफुल विक्री वितरण गर्दै आइरहेको पुस्पा स्टोरका सञ्चालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० बाट बिक्रीवितरण को लागि ल्याएका हरियो तरकारीहरु बोडि, करेला, लौका, घिरौला, भेन्डी टमाटर र खुर्सानीहरु प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्ने भन्दै प्रहरीको अगुबाईमा सदरमुकामको डम्पिङ साइडमा नष्ट गरिएको हो ।

फोटो: अशोक खनाल

अर्घाखाँचीमा खाद्यान्न तथा विकास निर्माणमा प्रयोग हुने सामाग्रीहरु भने नियमित रुपमा कपिलबस्तुबाट पनि आईराखेको छ ।

यसैबिच हिजो कपिलबस्तुका प्रदेश सांसद बिष्णु पन्थिले सामजिक सन्जाल मार्फत आफु किसानको घरमै पुगेर तरकारिको लागत सन्कलन गरेको र तरकारि नष्ट गर्नेहरुबाट नै पैसा अशुल्ने आस्बाशन किसानलाई दिएका जानकारी गराएका छन ।