अब मोटरसाइकल, कारलगायत १० प्रकारका सामान नेपाल भित्र्याउन नपाइने

१५ वैशाख, काठमाडौं । सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन रोक लगाएको हो ।

३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास नेपाल ल्याउन पाइने छैन ।

तर कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ।

https://drive.google.com/file/d/1OVV9PModw3cYL2HLGaV5b7aJyE91lHmr/preview