टी-२० क्रिकेट : जिम्बावे एविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

१९ वैशाख, काठमाडौं । जिम्बावे ए विरुद्धकाे दाेस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ राेज्दै जिम्बावेलाई ब्याटिङ गर्न लागेकाे हाे ।

नेपाली टिममा एक परपवर्तन गरिएकाे छ । आरिफ शेखकाे स्थानमा भीम सार्की पहिलाे एघारमा खेल्दैछन् ।

पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएकाे थियो ।