आईपीएल : लखनउलाई ६२ रनले हराउँदै गुजरात प्लेअफमा पुग्यो

२८ वैशाख, एजेन्सी । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सलाई हराउँदै प्ले अफमा प्रवेश गरेको छ ।

पुणेमा गएराति भएको खेलमा लखनउलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको हो । टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनायो ।

गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ ।

गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लखनउ १२ खेलमा १६ अंकसहित दोस्रो स्थानमा झरेको छ । गुजरात र लखनउ आईपीएल क्रिकेटमा नवप्रवेशी टोली हुन् ।