कहाँ गयाे म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको तारा एयरकाे जहाज ?

१५ जेठ, पोखरा । पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ ।

तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ ।

म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो ।

त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।