दक्षिण अफ्रीकासँग भारत पराजित

३० जेठ, एजेन्सी । दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले पराजित गरेको छ ।

आइतवार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले हराएको हो ।

यस जीतसँगै दक्षिण अफ्रीकाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो ।