असोज, ८ काठमाडौं । कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना संक्रमण मुक्त भएका छन् ।
उनको पुनः कोरोना परीक्षण गराएका उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो।
उनी कोरोना संक्रमण पुष्टि भएपछि ओम अस्पताल भर्ना भएका कोईराला शनिवार अस्पतालबाट डिस्चार्ज भएका थिए।
स्वास्थ्यमा सुधार आउन थालेपछि उनलाई डिस्चार्ज गरिएको थियो ।
महामन्त्री कोईरालालाई गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।






