प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्ने सरकारको निर्णय

७ असार, काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजना रद्द गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको रद्ध गरेको हो । आजकै बैठकले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवा यहि असारमा अमेरिका भ्रमणमा जाने तयारी थियो ।

तर एसपीपी सम्बन्धी सम्झौताको विरोध भएपछि प्रधानमन्त्री देउवाको भ्रमण रद्द भएको हो । यस्तै सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पनि निर्णय गरेको छ ।