निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन सरकारले ग¥यो विज्ञ समूह गठन

२२ साउन, काठमाडौं सर्वोच्च अदालतको आदेश अनुशरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन सरकारले विज्ञ समूह गठन गरेको छ ।

गत शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णय संगै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको हो।

विज्ञ समूहमा वातावरण, विकास, अर्थतन्त्र र हवाई क्षेत्रका विज्ञहरु समावेश रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिएका छन् । समूहमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यसहितका व्यक्ति रहेका छन् । समूहले १ महिनाको समयावधि पाएको छ ।

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा यसअघिका सबै प्रक्रिया रद्द गरी विज्ञ समूहको सुझावका आधारमा अगाडि बढ्न सरकारलाई आदेश गरेको थियो । सोही अनुसार सरकारले यस्तो समूह गठन गरेको हो ।