बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी

२५ साउन, काठमाडौं । काठमाडौंको बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा आगलागी भएको छ।

बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

काठमाडौं महानगर र ललितपुरको दमकलले आगो निभाउने क्रम जारी छ। आगो लाग्नुको कारण भने खुलिसकेको छैन।