२६ साउन, काठमाडौं । नेकपा एमाले ले चुनावी रणनीतिबारे छलफल गर्न पार्टीको सचिवालय बैठक बोलाएको छ।
बिहीबार अपरान्ह १२ बजे च्यासलस्थित पार्टी कार्यालयमा एमाले सचिवालयको बैठक बस्न लागेको हो।
आजको बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी रणनितीबारे छलफल गरिनुका साथसाथै समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिने उपमहासचिव विष्णु रिमालले बताए।
सचिवालयले केन्द्रीय कमिटी बैठकको मिति तोक्ने रिमालले बताए।







