युक्रेनी विमान दुर्घटना, २५ को मृत्यु

असोज १०, काठमाडौं ।
युक्रेनमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा पनि २५ जनाको मृत्यु भएको छ । युक्रेनका सैनिक अधिकारीहरुले उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको बताएका छन् ।

युक्रेनी सञ्चारमाध्यमका अनुसार शुक्रबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । त्यहाँको राष्ट्रिय सेनाले शनिबार बिहानसम्ममा दुर्घटनामा परेर मृत्यु हुनेको संख्या २५ पुगेको बताएको छ । युक्रेनको किभ क्षेत्रमा सो विमान दुर्घटनामा परेको हो ।
यसको अनुसन्धान भइरहेको युक्रेनी सरकारले जनाएको छ । तर त्यहाँका सञ्चारमाध्यमले भने उक्त विमानको इन्जिन फेल भएका कारण दुर्घटना भएको उल्लेख गरेका छन् । त्यहाँका समाचार संस्थाले रक्षामन्त्रीलाई उद्धृत गर्दै सो तथ्य लेखेका हुन् । रक्षा मन्त्रालयले यस विमान इन्जिन फेल भएका कारण दुर्घटनामा परेको तर यो प्रारम्भिक रिपोर्ट मात्र रहेको बताएको छ । (एजेन्सी)