प्रचण्ड भन्छन् – म राष्ट्रपति बन्ने हल्ला मात्र हो, चितवन ३ बाट निर्वाचन लड्छु

१७ भाद्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रपति बन्ने हल्ला गलत भएको स्पष्ट पारेका छन् ।

सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘म राष्ट्रपति बन्ने कुरा विल्कुल गलत हो। म प्रष्ट भनिसकेको छु चितवनको क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने छु ।’

यस्तै उनले सिट बाँडफाँटको विषयमा सत्तारुढ गठबन्धनभित्र असहमति नभएको दाबी गरे । उनले भने ‘असहमति छैन। प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रीत छ।’