पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु, २०६ जना संक्रमित

१७ भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् । कोरोना देखिएकामध्ये ९८.४ प्रतिशत अर्थात् ९ लाख ८२ हजार ७६४ जना निको भएका छन्।