२६ भाद्र, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफूमाथि लागेको महाभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन्।
जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो। अब केहीबेरमा आजको बयान सुरु हुनेछ।
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। यसअघि समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो।
जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले फागुन १ गते महाभियोग दर्ता गराएका थिए। त्यसलगत्तै जबरा निलम्बित भएका थिए।






