न्याय र सुरक्षा माग गर्दै लोकगायिका श्रीपालले दिइन् लोकदोहोरी प्रतिष्ठानमा उजुरी

३० भाद्र, काठमाडौं । लोक तथा दोहोरी गायिका अमृता श्रीपाल आफुलाई जापानमा बोलाएर धन थापाले यातना दिएको बताएकी छन् ।

थापाले सांगीतिक कार्यक्रमका लागि आफुलाई जापान बोलाएको र त्यही बिभिन्न यातना दिएको उनको आरोप छ ।

गायिका थापाले र, जापान शाखामा एक निवेदन लेख्दै आफुलाई थापाले यातना दिएको बताएकी हुन् ।

प्रतिष्ठान अध्यक्ष सूर्य खड्कालाई सम्बोधन गरेर लेखिएको निवेदनमा थापाले आफुलाई मानसिक पीडा, चरित्र हत्या र भौतिक आक्रमण समेत गरेको उनले निवेदनमा बताएकी छन् ।

थापाका कारण आफु ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको समेत उनले निवेदनमा उल्लेख गरेकी छन् ।