असोज ११, बर्दिया ।
जिल्लामा एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । उनलाई असोज ७ मा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए ।
तर स्वास्थ्यमा समस्या आएपछि ती ५० वर्षिय पुरूषलाई शनिबार भेरी अञ्चल अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै उनको मृत्यु भएको बताइएको छ ।







