शान्ति मिसनको घटना छानबिन गर्न ‘कोर्ट अफ इन्क्वायरी’

असोज ११, काठमाडौं ।
शान्ति मिसनका क्रममा कंगोमा सैनिक जवानमाथि भएको दुव्र्यवहारको घटना छानबिन गर्न नेपाली सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको जनाएको छ । शुक्रबार राति एक जवानमाथि तीन क्याप्टेन मिलेर दुव्र्यवहार गरेको घटना बाहिर आएको थियो ।

घटनामा मिसनमै खटिएका सिनियर मेजरको नेतृत्वमा छानबिन टोली गठन गरिएको नेपाली सेनाले जनाएको छ । सामाजिक सञ्जालमा कुटपिट गरिएका सैनिक जवानको तस्वीर आएलगत्तै शान्ति सेना निर्देशनालयमार्फत अनुसन्धानको काम अघि बढाइएको हो ।

अनुसन्धान पुरा भएपछि गल्ती गर्नेलाई सैनिक ऐन अनुसार कारवाही हुने नेपाली सेनाले जनाएको छ ।