असोज ११, मकवानपुर ।
हेटौंडाको ज्यामिरे र बिमिरे खोलामा दुईजनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार एक जना पुरूष र एक महिलाको शव भेटिएको हो ।
उनीहरूको पहिचान खुल्न सकेको छैन । हेटौंडा उपमहानगरपालिकास्थित ज्यामिरे खोलामा एक महिलाको शव भेटिएको हो । यसैगरी कैलाश गाउँपालिकाको बिमिरे खोलामा एक पुरूषको शव भेटिएको हो ।
उनीहरूलाई खोलाले बगाएकोझैं देखिएको प्रहरीको भनाइ छ । यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।







