धरानमा बालिकाको हत्या

असोज ११, धरान ।
जिल्लाको बाराहक्षेत्र नगरपालिकामा एक बलिकाको हत्या भएको छ । स्थानीय दशरत राईकी ११ वर्षिया छोरी मीना राईको हत्या भएको हो ।

शुक्रबार राति एक बजेतिर उनी कोठामा आउँदा शव भेटिएको दशरतले बताएका छन् । प्रहरीका अनुसार शवको वरिपरी बियरका बोतल पनि भेटिएका छन् ।

दशरत छिमेकीको घरमा धामी बसेको हेर्न गएका थिए । फर्केर आउँदा छोरीको शव देखेको स्थानीयले बताएका छन् । घटनामा राति मादक पदार्थ खाएर हिँडेका केही स्थानीय युवालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।