असोज ११, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रीपरिषदको बैठक बोलाएका छन् । अन्य समयमा सोमबार र बिहीबार बैठक बस्ने भए तापनि आज आकस्मिक बैठक बोलाइएको हो ।
आइतबार राति मन्त्रीहरूलाई बैठकबारे सूचित गरिएको थियो । बैठक मध्यान्ह १२ बजे बालुवाटारमा बस्नेछ । बैठकका एजेन्डाबारे कुनै विषय बाहिर आइसकेको छैन ।






