भेन्टिलेटर नपाउँदा कोरोना संक्रमितको ज्यान गयो

असोज ११, अछाम ।
उपचारका लागि भेन्टिलेटर नपाउँदा जिल्लामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृतकमा बान्नीगढी जयगढी गाउँपालिकाका ३४ वर्षिय युवक छन् ।

जिल्ला अस्पतालमा उपचार गर्दागर्दै शनिबार राति उनको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार बिहान अस्पताल पुर्याइएको थियो । तर अस्पतालमा आइसियू सेवा नहुँदा उनको ज्यान बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।

उनी गत भदौ २५ मा भारतबाट फर्किएका थिए । उनी सहित क्वारेन्टाइनमा रहेका १९ जनामा कोरोना पुष्टि भएको थियो । अवस्था गम्भीर भएपछि उपचारका लागि धनगढी लैजाने कोसिस भइरहँदा उनको मृत्यु भएको हो ।