मन्त्रीपरिषद्को आकस्मिक बैठक सुरु, मन्त्रालय फुटाउने तयारी

असोज, ११ काठमाडौं । मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

१२ बजेका लागि बोलाइएको बैठक १ घण्टा पछि सुरु भएको हो ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गरी २ मन्त्रालय फुटाई चार वटा बनाउने निर्णय हुनसक्ने बुझिएको छ ।

संविधानले संघीय मन्त्रालय २५ भन्दा धेरै बनाउन नपाउने मापदण्ड तोकेको छ। अहिले २१ मन्त्रालय छन्।

मन्त्रिपरिषद्को बैठक बस्नुअघि सत्तारुढ दलका दुई अध्यक्षबीच छलफल भएको थियो ।