नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई कोरोना संक्रमण

असोज, ११ काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ ।

बुधबार कोरोना परिक्षणका लागि स्वाब दिएका थिए । बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि स्वाब परिक्षण गराएका थिए । उनको बिहीबार आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो । उनी अहिले होम आइसोलेसनमा छन् ।

उनले आफु स्वस्थ्य रहेका बताएका छन् ।