असोज १२, पोखरा ।
प्रहरीले साढे १० किलो अफिमसहित तीन जनालाई आइतबार पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमका ५० वर्षिय गज पुन, ४० वर्षिय चक्करबहादुर पुन र २४ वर्षिय रवि गुरूङ छन् ।
उनीहरूका साथ बरामद भएको अफिम रुकुमबाट ल्याइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र पोखरा प्रहरीको संयुक्त प्रयासमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये गज लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको पत्ता लागेको छ । अफिम भारत पुर्याइएर ब्राउन सुगर बनाउन प्रयोग गरिने गरेको अनुसन्धानबाट खुलेको छ । (फाइल फोटो)







