हत्या आरोपी ३४ वर्षपछि पक्राउ

असोज १२, सिन्धुपाल्चोक ।
प्रहरीले फरार अभियुक्तलाई ३४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिशंकुपाखर गाउँपालिका–७ का फुर्पा तामाङ छन् ।

उनले २०४३ सालमा जोगलाल तामाङको हत्या गरेका थिए । दशैंको सामान किन्न गएका बेला उनले २४ वर्षिय जोगलालको असोज २० गत्ते हत्या गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।

उनले बाटो ढुकेर खुकुरी र लाठी प्रहार गरी हत्या गरेका थिए । त्यसपछि नै फरार रहेका फुर्पालाई आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।