१३५१ कोरोना संक्रमित थपिए, ७४२ जना संक्रमणमुक्त

असोज, १२ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार १३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाएको छ ।

काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनासहित देशभर ४३६ महिला र ९१५ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ७४२ जना संक्रमणमुक्त भएका छन् ।