असोज, १२ काठमाडौं । पछिल्लो विवरण अनुसार उपत्यकाको तीन जिल्लामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् ।
बितेका २४ घण्टामा काठमाडौंमा ६४९ जनामा, ललितपुरमा १३२ जनामा र भक्तपुरमा ३६ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।







