छत्रेश्वरीमा करारका कर्मचारीले गरे तालाबन्दी

असोज १२, सल्यान ।
जिल्लाको छत्रेश्वरी गाउँपालिकाका सबै वडामा तालाबन्दी गरिएको छ । करारका कर्मचारीले तालाबन्दी गर्दा सबै कामकाज ठप्प बन्न पुगेको छ ।

गाउँपालिकाले आफूहरूसँग गरेको करार अवधि नथपेको भन्दै उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । यसले स्थानीय तहको सबै कामकाज प्रत्यक्ष प्रभावित भइरहेको छ ।

करार कर्मचारी संघर्ष समितिका अनुसार आफ्ना माग पटक पटक सम्बन्धित निकायसम्म पुर्याए पनि सुनुवाइ नभएपछि तालाबन्दी गरिएको हो । यद्यपि गाउँपालिकाले आवश्यकताका आधारमा कर्मचारी नियुक्त गरिएकाले नहटाइने जनाएको छ ।