बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

असोज, १३ बाँके । बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमित मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।