सरकारले प्रतिबन्ध लगाएको ‘ह्यलोकोइनल’ नामको प्रतिबन्धित औषधी आयात भएको दाबी !!

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको ‘ह्यलोकोइनल’ नामको प्रतिबन्धित प्रतिबन्धित औषधी आयात गरेको दाबी गर्दै पशु सेवा विभागमा उजुरी परेको छ । ‘ह्यलोकोइनल’ पशुपन्छीको दानामा प्रयोग प्रतिबन्धित हो ।

पशु सेवा विभागका महानिर्देशकलाई सम्बोधन गर्दै नरेश कुँवरद्वारा प्रेषित उजुरीपत्रमा ग्लामक इन्टरनेशनल प्रालिको च्याङ्का एचबिआरको उत्पादनहरुमा हलकोइनल मिसाएको रहेको दाबी गरिएको छ । उजुरीकर्ताले प्रतिबन्धित तत्व मिसिएकाले त्यसको प्रयोगशाला परीक्षण गरेर मात्र सिफारिस दिन समेत निवेदनमा माग गरेका छन् ।

उजुरीपछि विभागका महानिर्देशक डा.उमेश दाहालले यसबारे थप अध्ययन गर्न राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालालाई निर्देशन दिएका छन् ।