असोज, १३ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपाल थप १० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ० दशमलव ६४ प्रतिशत हो ।
बितेका २४ घण्टामा मृत्यु हुनेहरुमा ३ महिला र ७ पुरुष रहेका छन् ।








