हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र श्रीमती सुम्निमाको घर झगडा छताछुल्ल

‘म्याकुरी’को आरोप : मेरो जिन्दगी बरबाद बनाउने खेल भइरहेको छ

काठमाडौँ । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ र श्रीमती सुम्निमाको घर झगडा सार्बजनिक रुपमा छताछुल्ल भएको छ । उनिहरु मिडियाको मार्फत एक अर्कामा दोसारपण गरिरहेका छन । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ की श्रीमती सुम्निमा खालिङले आफूलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप लगाएकी छन् । आफू हुँदाहुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत उनको भनाई छ ।

‘मेरो बारेमा त्यस्तो केही छ भने बाहिर ल्याउनुपर्‍यो । म हुँदाहुँदै उसले एक केटीलाई गर्भवती बनाएको भिडियो बाहिर आएको छ । त्यो के हो ?’, सुम्निमाले भनिन् ‘अब अदालत जानु अगाडि मलाई यसको विषयमा क्लियर चाहियो ।’ आफूलाई यसो गर भनेर पनि बाटो नदेखाएको र अलपत्र पारेको उनको दाबी छ ।

एक भिडियो अन्तर्वार्तामा सुम्निमाले कि त पवनले आफूलाई गलत हो भनेर देखाउनुपर्‍यो । कि मलाई गलत प्रमाणित गर्नुपर्‍यो । त्यसपछि मात्र डिभोर्स दिन तयार रहेको बताएकी छन् ।

हुन त यो विषय प्रहरीमा पनि पुगेको थियो । प्रहरीमा दुबैबिच सहमति समेत भएको छ । प्रहरीको सहमतिमा एक अर्कोलाई मानसिक तनाव नदिने र आफ्नो पीडा बाहिर ल्याउन पाउने रहेको सुम्निमाले बताएकी छन् ।

पुलिसले भोलि नै अदालत जानुभन्दा सुटिङ छ भनेर ४ दिन टारेको उनको धारणा छ । ‘लाज लाग्दैन कलाकार भएर घर भताभुङ्ग पारेर चौकी चौकी धाइरहेका छौ । त्यो भन्दा ठुलो सुटिङ । पहिले बुढीको विषय टुङ्गो लगाऊ’ सुम्निमाले प्रहरीको भनाइ सुनाइन् ।

उता कलाकार खतिवडाले भने सामाजिक सञ्जालमार्फत सुम्निमाको कुरोको सत्य अर्कै रहेको बताएका छन् ।  उनले सत्य तथ्य नबुझी आफूलाई विभिन्न कमेन्ट समेत नगर्न अनुरोध गर्दै वास्तविकता आज आउने बताएका छन् । 

‘यो अदालती कुरो हो । हाम्रो सहमति त्यही भएको हो’, उनले अगाडि भनेका छन् ‘पर्सनल कुरो मिडियाबाजी गर्ने सोचमा म थिएन । तर उताबाट मिडियामा आएसी बोल्नैपर्ने भयो ।’

उनले आफू बोल्ने र यो विषयको सत्य बाहिर ल्याउने बताएका छन् ।

उनिहरुको झगडामा शर्मिला वाईबा नाम गरेको पात्र ले पनि केहि भूमिका खेलेको बुझिएको छ ।

‘म्याकुरी’को आरोप : मेरो जिन्दगी बरबाद बनाउने खेल भइरहेको छ

‘म्याकुरी’ले आफूले श्रीमती सुम्निमा खालिङमाथि हिंसा नगरेको बताएका छन् । उनले आफूले श्रीमतीलाई पीडित बनाएको भन्दा पनि उल्टै आफुलाई श्रीमतीले पीडित बनाएको आरोप लगाए ।

बुधबार साँझ पत्रकार सम्मेलन गर्दै उनले श्रीमतीबाट पाएको विभिन्न दुःख सबैमाझ शेयर गरे । श्रीमती सुम्निमाले अर्को युवतीलाई गर्भवती बनाएको भनेर  लगाएको आरोपको समेत उनले खण्डन गरे ।

‘मेरो शुक्रकिटमा समस्या देखिएकाले बाउ बन्न योग्न छैन’, उनले भने ‘हामी विवाह हुँदादेखि बच्चाको योजनामा थियौँ । बच्चा नभएपछि बानेश्वरको एक अस्पतालमा जाँच गर्दा मेरो शुक्रकिटमा समस्या देखियो ।’ उनले यसका लागि आफूले औषधि पनि सेवन गरेको सुनाए ।

सुम्निमाले आफूसँग पैसा मागेर मदिरा खाएर झगडा र आक्रमण लगायतको क्रियाकलाप गर्ने गरेको बताए । उनले सुम्निमासँग आफूले डिभोर्स मागेको कुरा समेत स्वीकारे । पुरुषसँगको निकट थाहा पाएपछि आफूले सुम्निमासँग डिभोर्स मागेको उनले स्पष्ट पारे ।

सुम्निमा बाहिरको मानिसहरूको उक्साहटमा आफू माथि आक्रामक भएको भन्दै उनले थपे ‘मेरो जिन्दगीलाई बरबाद बनाउन खेल भइरहेको छ ।’ उनले सुम्निमालाई उकास्नेहरूले घरमै आएर आफूलाई आक्रमण समेत गरेको सुनाए ।

श्रीमती सुम्निमा खालिङले आफुलाई पवनले श्रीमतीको रूपमा घरमा पनि नराखेको र डिभोर्स पनि नदिएको आरोप सहित पीडित बनाएको भन्दै मिडियामा अन्तर्वार्ता दिएकी थिइन् । अन्तर्वार्तामा सुम्निमाले आफू हुँदा हुँदै पवनले अन्य केटीलाई गर्भवती बनाएको समेत आरोप लगाएकी थिइन् । आफू विरुद्ध श्रीमती सुम्निमाले बिभिन्न आरोप लगाए पनि पवनले पत्रकार सम्मेलन गर्दै आफ्नो कुरो बाहिर ल्याएका हुन् ।