तस्बिरमा अम्बानीको विवाह समारोह

काठमाडौं । भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको विवाहमा विश्व पपस्टार रिहानादेखि भारतीय फिल्मका कलाकारहरुको उपस्थितिले मिडियाको ध्यान खिचिरहेको छ ।
तीन दिनसम्म गुजरातको जामनगरमा चलिरहेको समारोहको पहिलो दिन पपस्टार रिहानाले आफ्नो गायकीले सबैलाई मन्त्रमुग्ध तुल्याइन् । पछिल्लो आठ वर्षमा रिहानाको यो पूर्ण कन्सर्ट रहेको जनाइएको छ ।
विवाह समारोहमा (तीन खान) सलमान, शाहरुख र आमिर लगायत रणवीर सिंह, दीपिका पादुकोण, रणवीर कपुर, दिलजीत दोसांझले पनि प्रस्तुति दिए ।

जामनगरमा सेलिब्रेटी र हाइप्रोफाइलको यो भव्य उपस्थितिलाई हलिउड मिडियाले पनि स्थान दिएका छन् ।

हेर्नुहोस तस्बिर