कृष्ण कँडेलविरुद्धको मुद्दा फिर्ता

काठमाडौँ । लोकगायक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता भएको थियो ।
एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिईन ।

अहिले ति महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् । पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा फिर्ता लिइएको बताइन्छ ।