विन्ध्यवासिनी म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक

सर्बोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीतमा जर्णेल बाबुराम श्रेष्ठको "विर नेपाली सेना" उत्कृष्ट ५ मा

काठमाडौं । १४ औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०८०’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ ।

विन्ध्यवासिनी फाउण्डेशनले विभिन्न विधामा मनोनयनमा परेका कलाकारहरुको सूचि सार्वजनिक गरेको हो । आगामी चैत १ गते काठमाडौँमा सम्पन्न हुने कार्यक्रममा २३ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

फाउण्डेशनले २३ वटा बिधामा उत्कृष्ट ५ मनोनयन सार्वजनिक गर्दा सर्बोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीतमा जर्णेल बाबुराम श्रेष्ठको “विर नेपाली सेना” पनि परेको छ ।

२०८० असोज २ गते एक बिशेष समारोह बिच प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा उक्त गीत तथा भिडीयो बिमोचन गरिएको थियो ।

उक्त गीत इण्डो नेपाल सुजन म्युजिक अवार्ड २०८० मा राष्ट्रिय गीत तर्फ सर्बोत्कृष्ट ठहरी उपरथी बाबुराम श्रेष्ठले प्रथम स्थान हासिल गरेका थिए ।

‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०८०’ को उत्कृष्ट मध्य सर्बोत्कृष्ट छान्नका निम्ती “खल्ति” एप मार्फत भोटिङ खुल्ला गरिएको आयोजकले जनाएको छ ।