पछिल्लो २४ घण्टामा १ हजार ५५९ जनामा कोरोना पुष्टि, १ हजार ५७ जना निको भए

संक्रमितको कुल संख्या ७७ हजार ८१७ पुग्यो, ५६ हजार ४२८ जना निको भए

असोज, १४ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा वितेका २४ घण्टामा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार २०५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ ।