हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न रोक

जेठ ९, २०८२ शुक्रबार

अमेरिकाले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ।

‘प्रशासनले हार्वर्ड कानुन पालना गर्न असफल भएका कारण अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना कार्यक्रम रद्द गरेको अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छन्।’

उनले अगाडि लेखेकी छन्, ‘यो देशभरका सबै विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई चेतावनी हो।’

यसैबीच हार्वर्ड विश्वविद्यालयले भने यो कदमलाई ‘अवैध’ भनेको छ।

हार्वर्ड विश्वविद्यालयको तथ्यांकअनुसार, गत शैक्षिक वर्षमा ६ हजार ७ सयभन्दा बढी विदेशी विद्यार्थी भर्ना भएका थिए। यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो।