१७ असार २०८२, मंगलबार । भारतको तामिलनाडु राज्यको नामक्कलबाट पहिलो पटक १ करोड २० लाख अण्डा अमेरिका निर्यात गरिएको छ । ति अण्डाहरु औधौगिक र बेकरी प्रयोजनको निम्ती प्रयोग गरिनेछ । ईन्डियाको भिओ पोर्ट हुँदै अमेरिका गएको उक्त अण्डाहरु २१ वटा रेफ्रिजरेटेड कन्टेनरमा गएको हो । निर्यातकर्ता एबी एग ट्रडर्सका अनुसार एउटा कन्टेनरमा ४ लाख ७५ हजार अन्डा राखिएको छ र उक्त अण्डा करिब १ महिना लगाएर अमेरिका पुग्नेछ ।
यो कारोबार सफल भएमा मान्छेले खाने प्रयोजनका निम्ती अण्डा अमेरिका पठाउन प्रयत्न हुनेछ । अमेरिका भित्रने क्रममा उक्त अण्डाहरुको जाच पास युएस भन्सार तथा बोर्डर सीमा सुरक्षा विभाग र यूएसडीए – पशु एवं बाली स्वास्थ्य निरीक्षण सेवा (एफिस) द्वारा हुनेछ र सफल जाच पास भएपछी मात्र उक्त अण्डा अमेरिका भित्रनेछ ।
नामक्कल भारतमा अण्डा उत्पादनका निम्ती कहलिएको ठाउँ हो । नामक्कलमा ११०० वटा ठुला पोल्ट्री उद्योगहरु छ । उक्त क्षेत्रबाट दैनिक ७० लाख अण्डा अन्य देशहरुमा निर्यात भईरहेको छ । ७ करोड फुल पार्ने कुखुरा भएको उक्त क्षेत्रमा दैनिक रुपमा ५ करोड अण्डा उत्पादन भइरहेको छ ।
तामिलनाडु राज्य भारतमा आन्द्रा प्रदेश पछीको दोस्रो ठुलो अण्डा उत्पादक राज्य हो भने भारत बाट अण्डा निर्यात गर्नेमा पहिलो नम्बरमा पर्छ । तामिलनाडुबाट दुबहि, बहराईन, कतार , ओमान लगायत देशमा अण्डा निर्यात भईरहेको छ ।







