संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे बदमासी भएको पाइएकोमा छानबिन गर्नका लागि २१ दिनको समय सिमा सहित “संसदीय विशेष समिति” गठन गर्ने निर्णय भएको छ।
शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको हो । ७ सदस्यीय समितिमा कांग्रेस र एमालेबाट २२ जना सदस्य रहनेछन्। माओवादी केन्द्र, रास्वपा, राप्रपा बाट ११ सदस्य राखिनेछ।
दलहरूले नाम दिएपछि समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गर्ने सहमती भएको छ । असार १५ गते प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती विधेयकमा बदमासी भएको थियो। अवकाश प्राप्त निजामती कर्मचारीले अवकाशको दुई वर्षसम्म राजनीतिक नियुक्त लिन नपाउने कुलिङ पिरियडको व्यवस्थाको मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको छ।







