नेपाल चिकित्सक संघलले चरणवद्ध आन्दोलन घोषणा गर्ने क्रममा आज सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुने भएको छ। त्यस्तै भोली असार २४ गते चिकित्सकहरूको लाईसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाउने कार्यक्रम रहेको छ।
उपभोक्ता हित संरक्षण मञ्चले नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारी बिरुद्ध एक वर्षसम्म कैद र १० हजार जरिवाना सजाय माग गर्दै अवहेलनाको मुद्दा हालेको थियो। मञ्चले उपभोक्ता अदालतको फैसलाको पूर्णपाठ नआउँदै आदेशका विषयमा टिप्पणी गरेको, चिकित्सक संघको महासचिवका नाममा विज्ञप्ति जारी गर्दै अदालतको अवहेलना गरेको कुरा निबेदनमा उल्लेख गरेको थियो ।
उपभोक्ता अदालतले ग्राण्डी सिटी अस्पतालमा कार्यरत डा. सन्जिव त्रिपाठीले ४० लाख ३ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो । उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले डा । सन्जिव त्रिपाठीले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको सन्दर्भमा नेपाल चिकित्सक संघले बिरोध स्वरुप आफ्नो धाराणा राक्ने क्रममा यि घटनाक्रमहरु भईरहेको हो ।







