नेपालले गर्‍यो स्वतन्त्र प्यालेस्टाइन राष्ट्रको पक्षमा मतदान

काठमाडौं । स्वतन्त्र प्यालेस्टाइन राष्ट्रको पक्षमा नेपाल , भारत र चिन सहित १४२ राष्ट्रले मतदान गरेको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा आज भएको मतदानमा १४२ राष्ट्रले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पक्षमा मतदान गरेकाे हाे ।

मतदानमा १२ देश अनुपस्थित थियो भने १० देशले प्यालेस्टाइनकाे विरुद्धमा मतदान गरेका थिए ।

अर्जेन्टिना,हंगेरी, इजराइल,मिक्सोसिया, नाउर,पलाउ, पपुवा न्युगिनी, पाराग्वे, टोन्गा र अमेरिकाले स्वतन्त्र प्यालेस्टाइनको विपक्षमा मतदान गरेको हो ।