काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको जनाएको छ।
विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको छ।
१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।
८. उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट ।
९. सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६. केन्द्रीय सदस्य युवराज भट्टराईको घरमा आगजनी ।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।







