अन्तरिम सरकार गठन भएपछी अमेरिकी दूतावासले जारी गरेको सन्देश

अमेरिकी दूतावासले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएपछी यसलाई शान्तिपुर्ण समाधान भन्दै सन्देश जारी गरेको छ ।

दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूलाई लोकतान्त्रिक समाधानप्रति देखाएको प्रतिबद्धताको लागि सम्मान व्यक्त गरेको छ। साथै, नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलले शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापना गर्न खेलेको महत्वपूर्ण भूमिकाको पनि कदर गरेको छ ।

यस्तो छ दूतावासले जारी गरेको बधाई सन्देश

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनुभएको छ। गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपुर्ण समाधानको हामी स्वागत गर्दछौं। हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौं। 

हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी  नेपालसँग सहकार्य गर्न तयार छौं।