सर्वोच्च अदालतका बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द

काठमाडौँ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ।

जेन–जीको आन्दोलनको दोस्रो दिन भदौ २४ मा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीपछि कामकारबाही अवरुद्ध भएको भन्दै मुख्य रजिस्ट्रार विमल पौडेलले सूचना जारी गरेका हुन्।