काठमाडौं। प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा महत्वपूर्ण विधेयक निष्कृय भएका छन् ।
४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट आएको प्रतिनिधि सभामा उत्पति भएका जम्मा २३ वटा विधेयक र राष्ट्रिय सभामा उत्पति भएका ७ वटा विधेयक गरी ३० वटा महत्वपूर्ण विधेयक निष्क्रिय भएका हुन्।
प्रतिनिधि सभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन रहेका वा प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा गएका निष्क्रिय हुने प्रावधान छ ।
केहि निष्क्रिय भएका विधेयक निम्न छ्न् ।
- नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२
- राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२
- सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२
- औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२
- बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२
- वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१
- सशस्त्र प्रहरी बल, नेपाल विधेयक,२०८१
- नेपाल प्रहरी विधेयक,२०८१
- विद्यालय शिक्षा विधेयक, २०८०







