असोज १५, काठमाडौं । आज बसेको मन्त्रीपरिषद्को बैठकले शंकरदास बैरागीलाई नयाँ मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ ।
हालका मुख्यसचिव लोकदर्शन रेग्मीले राजिनामा दिएसँगै उनलाई मुख्य सचिवको नियुक्तिको बाटो खुलेको हो । यस अघि बैरागी परराष्ट्र सचिव रहेका थिए ।
रेग्मीको आगामी कार्तिक ३ गतेबाट कार्यकाल सकिने भएपनि समय अगाबै राजिनामा दिएका थिए ।
त्यस्तै वैरागीसहित मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी आगामी मुख्य सचिवको दौडमा रहेका छन् ।







