प्रधानमन्त्री सुशीला कार्कीले केपी शर्मा ओलीले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल प्रयोग गर्न मानिनन् । अटेर गर्दै उनले फेसबुक, एक्स (ट्वीटर) र इन्सटाग्रामको नयाँ अकाउन्ट प्रयोग गर्ने भएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तिमा अघिल्ला प्रधानमन्त्रीहरुले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको भन्दा फरक युजरनेम छ ।
अघिल्ला प्रधानमन्त्रीहरुले अलग ह्याण्डल प्रयोग गर्दथे । तर प्रधानमन्त्री सुशीला कार्कीले अबदेखि एक्स ह्याण्डलमा @pmsushilakarki, फेसबुकमा PM Sushila Karki (pmonepalnew@gmail.com)
इन्स्टाग्राममा pm.sushila.karki (pmonepalnew@gmail.com) प्रयोग गर्ने विज्ञप्तिमा उल्लेख छ ।








